Contact Form

Name

Email *

Message *

Tuesday, May 10, 2022

बास्ना

अनि साच्ची

थाहा ?

नयाँ किताबको पन्ना पल्टाउदाको बास्ना होसकी

नयाँ कापीको पन्नाको

बच्चा बेला गाता हाल्ने कागजको बास्ना 

अनि सिसाकलम तिखार्दा झरेका काठको धुलोको बास्ना 

आहकति मिठो लाग्थ्यो

फाउनटेन कलम होसकी डटपेनको मसीको बास्ना 

भूल्नै सक्दिन |


घरमा नयाँ वर्ष संगै आउने भित्तेपात्रोको बास्ना

वा 

बिहानै आउने पत्रिकाको बास्ना 

अनि बिहानै ममीले कमेरो अनि गोबरले लिप्नुभएको बास्ना 

अजिब थियो तर गजब थियो 


मनसुनमा झरीले भिजेको माटोको बास्ना

वा धानखेतमा वा तोरीबारीमा हावासंगैं बहने बास्ना 

अनि हरियो मकैको घोगा नंग्यौदाको बास्ना 


थाहा ?

दशैंमा बाले किनिदिनुभएको नयाँ लुगाको बास्ना

वा दक्षिणा पाउने कटकट गर्ने नयाँ नोटको बास्ना

अनि अक्षताको अबिरको बास्ना नि?

साच्ची जमराको सुबास ओहो!

तिहार आउँदा प्याटप्याट गर्दै पड्काउने बन्दुकको बारुदको बास्ना

होसकी सयपत्री अनि मखमलको बास्ना

ममीले पकाउनुभएको सेलरोटीको बास्ना 

अनि अगरबत्ती धुपको   कुरै छोडौं |


भान्छामा आगोको धुवाँको बास्ना 

सबेरै हजुरबाले दुहुनु भएको दुधको बास्ना 

वा हजुरआमाले पकाउनुभएको चियाको बास्ना

कति मिठा थिए


अनि काँचो सल्लाको चोप्को बास्ना 

अनि कोलमा पिसेको तोरीको तेलको पिरो बास्ना नि 

हासोंलाग्ने बास्नाको कुरा गरौँ ?

नाकै कालो बनाउने मट्टीतेलको टुकीबत्तिको धुवाँको गन्ध

गन्ध के भनौ मलाई मनपर्ने बास्ना


यी अनि यस्तै अनेक थिए बालसुलभका मनपर्ने बास्ना 

तर अचेल 

तर अचेल बोत्तलमा भरिएको अत्तर अनि परफ्युम चलेकोछ बजारमा 

पहिरिएर यसै मक्ख मान्छे यो दुनियाँमा  

उमेरसंगै मिठो लाग्ने तर ठस्स गनाउने मदिराको बास्ना 

तर खै त्यो बास्ना अनि यो अत्तर अनि यो मदिरा

फरक हजुर

अनि साच्ची तपाईलाईचैं कुन बास्ना मनपर्छ नि ?


                                                              Tuesday 12:00 AM

                                                              10th May 2022, Beaverton, OR


Saturday, August 24, 2019

गल्लि

ओल्लो घर पल्लो घर बिचैबिच गल्ली,
अनि गल्लि ओर   गल्लि पर तिमि,
साँघुरो बाटो अनि मनैत होनी,
आँखा अनि आँखा बिचका भाखा
ओल्लो झ्याल पल्लो झ्याल लुकामारी,
सुस्केरा लहरिदै बहकिदै हावा संगै,
ओल्लो झ्याल पल्लो झ्याल कथा बेग्लै,
आवाज मधुरो दिलबिच चर्किदै,
यो मनको कुरा त्यो मनको कुरा,
अनि गुम्सेका आधा अधुरा मायाका कुरा,
लहरिदै बहकिदै हावा संगै,
पत्तै नपाई दुइ मुटु एक धड्कन,
सुस्केरा अब मनका गुञ्जन,
एक एक तिमि अब एक हामि,
अनि अब गल्लि ओर हामि गल्लि पर गुञ्जन,
साथ् नछोड्ने बाचा कसम,
ओल्लो झ्याल पल्लो झ्याल,
अब कथा एउटै सपना एउटै ।।।
                                  To be continued...

Friday 1:00 AM

17th August, 2019

Sunday, February 12, 2017

पलास तिम्रो माया


काडाबिच फुल्ने गुलाफ, मग्मगाउने गोदावरी सोच्थे मैले माया,
देख्दा सुन्दर सुबासरहित तिम्रो माया पलास रैछ येहा,
कुरिकुरि या कठैबरि अबुझ मन रोयो धेरै येहा,
यादहरुका तरेलिमा डुबुल्की लाउदै पल्पल्मा प्रान जान्छ येहा।

कमि छैन धोकादिइ माया गर्छु भन्ने मान्छे येहा,
चोट पुराइ मलम लाउछु भन्ने मान्छे येहा।
कमिछैन आखामा नसा मिलाइ सपना बेच्ने मान्छे येहा,
हासी हासी दिल जलाइ राप सेक्ने मान्छे येहा।

मन्पराइ मायालाउनु वा माया लाई मनपराउनु फरक रैछ येहा,
निर्दोष देखिने चेहरामा मघ्न हुनु फसाद रैछ येहा,
काडाबिच फुल्ने गुलाफ, मग्मगाउने गोदावरी सोच्थे मैले माया,
देख्दा सुन्दर सुबासरहित तिम्रो माया पलास रैछ येहा।।
देख्दा सुन्दर सुबासरहित तिम्रो माया पलास रैछ येहा।।



           (ल्याब्मा बस्दा बस्दा निकै अल्छी लागेको बेला मनमा खेलेका कुरा)
          
           Sunday, 12th February, 8:47 pm
           Argonne National Lab, 
           Chicago, Illinois

Friday, December 2, 2016


मस्त निद्रामा  दुनिया पापी भएर होला जागेको छु।
प्रेमको मातमा मातिदा दुनियामत घृणाले भरिपुर्न भयेको छु।
अरुको सकसमा खित्का छोडदा दुनियापीडाले चुर  आखा खसालेको छु।
अरु जलायेर उज्यालो खोज्दा दुनिया आफ्नै अन्धकारमा रुम्मलियेको छु।



कोर्दिन अक्षर फेरि पिरतिका मनै मेरो च्यातेपछी।
रुन्न बिल्कुल तिम्लाइ सम्झी छोडी मलाई गयेपछी।।
भयो मलाई नछोउ अब पराइ तिमी भयेपछी।
पिडा मिठो चस्स मुटु घाइते मलाइ बनाएपछी।।

Saturday, October 22, 2016

तिनै हुन


सगै हासेका बाचेका पल्हरु तिनै हुन,
सङगालेर राखेका कैयन यादहरु तिनै हुन,
तथापि खै किन तिमी भन्छौ मलाई बिर्सिगयौ,
तर हैन प्रिय म बाधिये वा तिमी टाढियौे, सम्झना अझै तिनै हुन ।।।

पिरती सुसेल्ने मिठा भाका तिनै हुन,
वचन, बाचा अनि कसम जे भन सबै तिनै हुन,
तथापी खै किन तिमी भन्छौ मेरो माया बद्लियो,
तर हैन प्रिय समयले कोल्टे फेर्यो, मनका भावना तिनै हुन ।।।

मनका आसा, भरोसा जिउदा आज नि तिनै हुन,
भनेका , बोलेका कुरा झुठा सहि सबै तिनै हुन,
क्रोधित छौ सायद, भन्छयौ मैले बाटो बद्लिये,
तर हैन प्रिय, गन्तव्य बद्लियो, पाइला अझै तिनै हुन ।।।

तिमी अनि म


सुन्दर हुनु तिम्रो के दोस, आखा मेरा भुलेछन।
चिनिन सायद तिमिलाइ, फगत आस मात्रै रहेछन।
रित्तियो अब येस्तै केही सोछ्यौ होलि, भरिलोपो काहा थिएर।
मनैत हो माया गर्छ, तेसै सजिलै काहा भुलिदिन्छ र।

सोच्दा यदाकदा,
सोच्दा यदाकदा मिठा ती पल, रमेको हुन्छु बिल्कुल आफैमा बिलाइ।
सपना अनि सोचाइ मिठै हुन्छ, बिपनाको तडप एकैछिन भुलाइ।
तर तारा छुने सपना देख्नु, कृपया दुख नगर भनेनौ मलाइ।
समयसंगै गल्दै गये: जीवन येस्तै रैछ धाप मार्दै सम्झाउछु मनलाइ।

बास्ना

अनि साच्ची थाहा छ ? नयाँ किताबको पन्ना पल्टाउदाको बास्ना होसकी नयाँ कापीको पन्नाको बच्चा बेला गाता हाल्ने कागजको बास्ना   अनि...